सान एन्टोनीयोबासी नेपालीहरूले यसपालिको बडा दसैँ नेपालका बहुचर्चित गायक रामकृष्ण ढकालका साथ भव्य रूपमा मनाउने भएका छन् । सान एन्टोनीयो नेपाली सङ्घ (साना)ले आउँदो आइतबारका लागी आयोजना गरेको सांस्कृतिक कार्यक्रममा ढकालका साथै स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ । कार्यक्रममा दसैँ तथा तिहारको शुभकामना आदान प्रदान, भेटघाट, ठुलाबडाका हातबाट टिका थाप्ने जस्ता क्रियाकलापको योजना रहेको सानाका अध्यक्ष...