अमेरिकाको सान एन्टोनीयोमा बनभोज सहितको नेपाली भेला

Home / Uncategorized / अमेरिकाको सान एन्टोनीयोमा बनभोज सहितको नेपाली भेला

अमेरिकाको सान एन्टोनीयोमा बनभोज सहितको नेपाली भेला

अमेरिकाको सान एन्टोनीयोमा बनभोज सहितको नेपाली भेला

सानएन्टेनियो, टेक्सस (अमेरका)- सान एन्टेनियो नेपाली संघ (साना) ले आइतबार आयोजना गरेको नयाँ वर्षको बनभोज कार्यक्रम सान एन्टोनीयो स्थित बुलीस काउन्टी पार्कमा भव्य रुपमा सम्पन्न भएको छ ।

बनभोज शैलीमा आयोजना गरिएको कार्यक्रममा २०७४ सालको आगमनलाई स्वागत गर्न वरपरबाट धेरै नेपालीहरु भेला भएका थिए । कार्यक्रममा वयष्कहरु भकुन्डो, भलीबल र ब्याडमिन्टन जस्ता खेलकुद तथा नाचगानमा व्यस्त देखिन्थे। बालबालीकाकाहरु घ्याम्पो फुटाउने, सांगीतिक कुर्सी जस्ता खेलमा रमाइरहेका थिए ।

टेक्ससको दक्षिण पश्चिमतर्फ पर्ने सान एन्टेनियो सानो पर्यटकीय शहर हो । यो शहरमा नेपालीहरूको पनि बसोबास रहेको छ ।

बिहान ११ बजेदेखि सुरु भएको कार्यक्रम साँझ ́ ७ बजे सम्म जारी थियो । बनभोजमै पाकेको माल्पुवा अचार, खसीको मासु, आलुतामा, चुकौनी जस्ता विशुध्द नेपाली खानाका लागि सर्वसाधारणको घुइचो लागेको थियो । वयष्कहररुको भकुन्डो प्रतियोगीतामा येती एफसी टिमले प्रथम स्थान हासिल गरेको थियो । त्यस्तै वाइज टिम दोश्रो भएको थियो ।

सान एन्टोनीयोमा नेपालीहरु बर्षौ देखि बस्दै आएपनी यसरी नेपाली समुदाय भेला भएर बनभोज कायकम्र मनाइएको भने पहिलो पटक भएको सानाका अध्यक्ष विवेक राजबाहकले बताए । नेपालमा भुइँचालो गएपछि सहयोग गर्ने उदेश्यले स्थापना भएको साना नेपालीहरुलाई जोड्ने र मद्दत गर्ने माध्यम बनेपछि यसलाई हामीले निरन्तरता दिएको उनले बताए ।

कार्यक्रम सम्पन्न गर्नका लागि सानाका अध्यक्ष विवेक राजबाहक, उपाध्यक्ष निशान्त हाडा, मनाषा प्रधान, अनु रिमाल, शुशील न्येपाने, मिरा खत्री, सजीन शाक्य, भीम भन्डारी लगायतको टोली सकृय रहेको थियो ।

Source: http://www.himalayakhabar.com/detail/65056.html

Leave a Reply

Your email address will not be published.